हाम्रो आदर्श : गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा
सूचना:
असोज २०७९ सम्म उत्पादन भएको विधुतीय राहदानीको कुल संख्या : ८३४,६४९ 
आधिकारिक काम गर्ने समय: आइतबार - बिहीबार (10 AM देखि 5 PM), शुक्रबार (10 AM देखि 3 PM)
राहदानी चोरी भएर ,हराएर, वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेमा पनि त्यसबाट यात्रा गर्न पाइनेछैन । त्यस्तो राहदानीबाट यात्रा गरेको पाईएमा कारबाही समेत हुन सक्नेछ । 
For District Administration Office/Area Administration Office and abroad Missions, kindly contact respective enrollment centers for appointment information.

पहिलो NS/ISO 9001:2015
नेपाल सरकारको प्रमाणित संस्था

सोधिने प्रस्न

सोधिने प्रस्न

सामान्य अवस्थामा लाइभ इन्रोलमेन्ट गरेको मितिले दुई कार्य दिन लाग्छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा, ICAO को मापदण्डअनुसार तस्विर आदि नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्ने हुन्छ । तीन महिना स्थायित्व (Stabilization) हुने समय भएको र हाल सफ्टवेयर सुधारको कार्य पनि जारी नै हुनाले भनेको समयमा राहदानी उपलब्ध नहुन पनि सक्छ । त्यसैले राहदानी हातमा नपरेसम्म टिकट बुक गर्ने वा भ्रमण तय गर्ने कार्य नगर्नु होला । संकलन गर्न तयारी भएको एसएमएस आए पछि आफूले लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग जुन समयमा गरेको हो सोही समयमा मात्र लिन आउनु होला ।

झापा, मोरङ्ग, सुनसरी, तेह्रथुम, धरान, उदयपुर, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, नवलपुर, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर, काभ्रे, रामेछाप, सिराहा, म्याग्दी, स्याङ्गजा, वालिङग, लेखनाथ, बाग्लुङ, पर्वत, पाल्पा, हुवास, बाँके, दाङ, तुलसीपुर, लमही, लहान, यधुकुवा, गौशाला, हरिवन, लेखनाथ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुने छ । काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि  लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।

While filling the citizenship number, applicants are required to fill the number from right side incase citizenship number is longer than 14 digits. For eg; if your citizenship number is 072-312-13792/432796, please fill 31213792432796. Note that current system does not allow special characters like hyphen(-) or slash(/), and hence is not required.