हाम्रो आदर्श : गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा
सूचना:
असोज २०७९ सम्म उत्पादन भएको विधुतीय राहदानीको कुल संख्या : ८३४,६४९ 
आधिकारिक काम गर्ने समय: आइतबार - बिहीबार (10 AM देखि 4 PM), शुक्रबार (10 AM देखि 3 PM)
राहदानी चोरी भएर ,हराएर, वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेमा पनि त्यसबाट यात्रा गर्न पाइनेछैन । त्यस्तो राहदानीबाट यात्रा गरेको पाईएमा कारबाही समेत हुन सक्नेछ । 
राहदानी विभागले २०७९ माघ १६ गतेदेखि लागू हुने गरी एक महिनाको लागि प्रत्येक दिन १५०० का दरले अग्रिम अनलाइन आवेदन (Pre-enrollment) फाराम खोल्ने छ। प्रत्येक दिन एक महिनापछिको थप एक दिनका लागि आवेदन फाराम क्रमशः खोल्दै जाने। अनलाइन फाराम सिद्धिन लागेको देखिएमा पुनः एक महिनाका लागि फाराम खोल्ने र यस व्यवस्थालाई निरन्तरता दिने छ। यसरी अग्रिम अनलाइन फाराम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने अपेक्षा गरिएको छ।
Additional Appointment Opening Time for Department of Passports : 03:30 PM (During Office Days). For District Administration Office/Area Administration Office and abroad Missions, kindly contact respective enrollment centers for appointment information.

पहिलो NS/ISO 9001:2015
नेपाल सरकारको प्रमाणित संस्था

Quality Policy

नेपाल राहदानी विभाग

Quality Policy

Quality Policy of Department of Passports as per ISO 9001:2015

                                राहदानी विभागको गुणस्तर नीति

सेवाग्राहीप्रति उत्तरदायी भई पूर्ण पारदर्शी रूपमा शीघ्र, प्रभावकारी पुर्वानुमानयोग्य र सुरक्षित सेवा प्रदान गर्न राहदानी विभाग प्रतिबद्ध छ। विभागले प्रचलित राहदानी ऐन, नियमावली र कार्यविधिका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को Doc 9303 अनुरूप नेपाली नागरिक र अन्य योग्य व्यक्तिलाई राहदानी र यात्रा अनुमतिपत्र जारी गर्ने गर्दछ।

साथै, हामी

·       नागरिक बडापत्र अनुरूपको गुणस्तरीय तथा प्रभावकारी सेवा प्रदान गर्न,

·       राहदानी डाटाबेसको सुरक्षा र संरक्षण गर्न,

·       सक्षम एवं उत्प्रेरित मानव संसाधन परिचालन गर्न,

·       सरोकारवालाहरूको आवश्यकता र अपेक्षालाई पुरा गर्न आफ्नो सेवालाई निरन्तर रूपमा सुधार गर्न,

प्रतिबद्ध छौं।

साझा गर्नुहोस्::