आधिकारिक काम गर्ने समय: आइतबार - बिहीबार (10 AM देखि 4 PM), शुक्रबार (10 AM देखि 3 PM)
राहदानी चोरी भएर ,हराएर, वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेमा पनि त्यसबाट यात्रा गर्न पाइनेछैन । त्यस्तो राहदानीबाट यात्रा गरेको पाईएमा कारबाही समेत हुन सक्नेछ ।
राहदानी विभागले २०७९ माघ १६ गतेदेखि लागू हुने गरी एक महिनाको लागि प्रत्येक दिन १५०० का दरले अग्रिम अनलाइन आवेदन (Pre-enrollment) फाराम खोल्ने छ। प्रत्येक दिन एक महिनापछिको थप एक दिनका लागि आवेदन फाराम क्रमशः खोल्दै जाने। अनलाइन फाराम सिद्धिन लागेको देखिएमा पुनः एक महिनाका लागि फाराम खोल्ने र यस व्यवस्थालाई निरन्तरता दिने छ। यसरी अग्रिम अनलाइन फाराम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने अपेक्षा गरिएको छ।
पहिलो NS/ISO 9001:2015 नेपाल सरकारको प्रमाणित संस्था
विद्युतीय राहदानी सम्बन्धी पछिल्लो जानकारी ।.jpg176.62 KBललितपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानीको आवेदनको लागि यही मंसिर १५ गतेबाट बुकिङ्ग खुला गरी आजबाट लाइभ इन्रोलमेन्ट शुरु भएको छ । राहदानी विभाग पछि विद्युतीय राहदानीको लागि लाइभ इन्रोलमेन्ट शुरु भएको यो पहिलो जिल्ला प्रशासन कार्यालय हो । यही हप्ता भित्र काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इन्रोलमेन्ट शुरु गरिने छ । भक्तपुरमा आवश्यक उपकरण जडान कार्य आज सम्पन्न भएको छ र भोली दिउसोबाट बुकिङ्ग खुला गरिने कार्यक्रम छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुमा लाइभ इन्रोलमेन्ट भएको एक हप्ता भित्र विद्युतीय राहदानी उपलब्ध गराउने कार्यक्रम छ । राहदानी विभागमा विद्युतीय राहदानीको लागि आवेदकहरुको संख्या क्रमिक रुपमा बढाउंदै लगिएको छ ।