हाम्रो आदर्श : गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा
सूचना:
असोज २०७९ सम्म उत्पादन भएको विधुतीय राहदानीको कुल संख्या : ८३४,६४९ 
आधिकारिक काम गर्ने समय: आइतबार - बिहीबार (10 AM देखि 5 PM), शुक्रबार (10 AM देखि 3 PM)
राहदानी चोरी भएर ,हराएर, वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेमा पनि त्यसबाट यात्रा गर्न पाइनेछैन । त्यस्तो राहदानीबाट यात्रा गरेको पाईएमा कारबाही समेत हुन सक्नेछ । 
For District Administration Office/Area Administration Office and abroad Missions, kindly contact respective enrollment centers for appointment information.

पहिलो NS/ISO 9001:2015
नेपाल सरकारको प्रमाणित संस्था

विद्युतीय राहदानी के भइरहेको छ ?

नेपाल राहदानी विभाग
May 20, 2022

IMG_20211119_103739-min-1152x1536.jpg 216.91 KB
मंसिर १ गते
त्रिपुरेश्वरस्थित राहदानी विभागबाट मंसिर १ गते सताब्दी पुरुष सत्यमोहन जोशीज्यूलाई पहिलो वित्तुतीय विद्युतीय राहदानी पराराष्ट्र मन्त्री डा. नारायण खड्काबाट वितरण गरी विधिबत रुपमा नेपालबाट विद्युतीय राहदानीको जारी कार्य शुरु ।

मंसिर २ गते
दोश्रो दिन केही सेवाग्राहीहरु अनलाइनबाट समय मिति र समय बुक गरी तोकिएको समयमा विभागको त्रिपुरेश्वरस्थित भवनमा आउनु भयो । बुकिङ्ग मार्फत आमन्त्रण गरिएको पहिलो दिन हुनाले सीमित संख्यालाई मात्र बुक गर्ने अवशर दिइएको थियो । पहिलो पटक आउनु भएका सेवाग्राहीलाई विभागका महानिर्देशक तथा कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।

  मंसिर ३ गते
उत्पादन भएका राहदानीहरु वितरण गरियो । अनलाइनबाट मिति र समय बुक गरेर पहिलो दिन राहदानी लिन आउने सेवाग्राहीहरुलाई महानिर्देशक श्री डोरनाथ अर्यालले वितरण गर्नु भएको थियो । अनलाइनबाट समय बुक गरी आउनु भएका सेवाग्राहीहरुको लाइभ इन्रोलमेन्ट गरियो ।

साझा गर्नुहोस्::