हाम्रो आदर्श : गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा
सूचना:
 TOTAL NUMBER OF e-PASSPORTS PRODUCED AS OF Chaitra, 2081 : 4,423,992
आधिकारिक काम गर्ने समय: आइतबार - बिहीबार (10 AM देखि 5 PM), शुक्रबार (10 AM देखि 3 PM)
राहदानी चोरी भएर ,हराएर, वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेमा पनि त्यसबाट यात्रा गर्न पाइनेछैन । त्यस्तो राहदानीबाट यात्रा गरेको पाईएमा कारबाही समेत हुन सक्नेछ । 
For District Administration Office/Area Administration Office and abroad Missions, kindly contact respective enrollment centers for appointment information.
विभागमा आवेदन गर्नुहुने सेवाग्राहीहरूका लागि विभागबाट Pre-enrolment गर्न सकिने बेहोरा जानकारीका लागि अनुरोध छ।

पहिलो NS/ISO 9001:2015
नेपाल सरकारको प्रमाणित संस्था

नेपाली राजदूतावास मलेसियाबाट विद्युतीय राहदानीको शुरुवात

नेपाल राहदानी विभाग
September 01, 2022

नेपाली राजदूतावास, मलेशियाबाट आज एक कार्यक्रमका बीच विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरियो । मलेसियामा २ लाख भन्दा वढी नेपालीहरु वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा निजहरुको सम्मान गर्दै वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आउनु भएका सेवाग्राही श्री श्यामकुमार चौधरीज्युको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको शुरुआत गरिएको थियो। राहदानी विभागबाट उहाँको राहदानी प्रिन्ट समेत गरेर सफलतासाथ परीक्षण गरिएको छ। दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिहरुको राहदानी नवीकरणको लागि लाइभ इन्‍रोल्मेण्ट गरेको छ। राजदूतावासले शुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। यस सम्बन्धी सूचनाहरु राजदूतावास तथा राहदानी विभागले वेभसाइट तथा फेसबुक मार्फत जानकारी गराउने छ।

विद्युतीय राहदानी शुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक श्री डोरनाथ अर्यालले भाग लिनु भएको थियो। त्यस्तै उक्त कार्यक्रममा नेपाली राजदूतावास मलेशियाका कार्यवाहक राजदूत श्री मोतिबहादुर श्रीस, राजदूतावासका कर्मचारीहरु, आइडिमिया कम्पनीका कार्यक्रम निर्देशक श्री एल्भिन चाय, मलेसियामा कार्यरत गैर आवासीय नेपाली संघ लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र सेवाग्राहीको उपस्थिति थियो। सो कार्यक्रममा कार्यवाहक राजदूत श्री मोतिबहादुर श्रीसले सेवाग्राहीको चाँपलाई सहजरुपमा व्यवस्थापन हुनेगरी सेवा प्रवाहको स्टेशनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राहदानी विभागका महानिर्देशक अर्यालले भर्चुअल माध्यमबाट बोल्दै उपकरणहरु पुग्दासाथ विद्युतीय राहदानी जारी गर्न सफल भएकोमा नेपाली राजदूतावास परिवारलाई धन्यवाद ज्ञापन गर्नु भयो। श्री अर्यालले मलेशियामा बसोबास गर्ने नेपालीहरुलाई बधाइ दिंदै अब मलेशियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने कुरा बताउनु भयो।


साझा गर्नुहोस्::