हाम्रो आदर्श : गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा
सूचना:
असोज २०७९ सम्म उत्पादन भएको विधुतीय राहदानीको कुल संख्या : ८३४,६४९ 
आधिकारिक काम गर्ने समय: आइतबार - बिहीबार (10 AM देखि 5 PM), शुक्रबार (10 AM देखि 3 PM)
राहदानी चोरी भएर ,हराएर, वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेमा पनि त्यसबाट यात्रा गर्न पाइनेछैन । त्यस्तो राहदानीबाट यात्रा गरेको पाईएमा कारबाही समेत हुन सक्नेछ । 
For District Administration Office/Area Administration Office and abroad Missions, kindly contact respective enrollment centers for appointment information.

पहिलो NS/ISO 9001:2015
नेपाल सरकारको प्रमाणित संस्था

e-Passport- What’s New ? | विद्युतीय राहदानी के भइरहेकाे छ ?

नेपाल राहदानी विभाग
May 20, 2022

मंसिर १० गते विभागबाट कार्ययोजना अनुसार नै रुपमा विद्युतीय राहदानी जारी हुँदै आएको छ । दैनिक रुपमा निवेदकको संख्या बढाउदै लगिएको छ । डिसेम्बर महिनाको पहिलो हप्ताबाट उल्लेख्य रुपमा विद्युतीय राहदानीको संख्यामा बृद्धि गर्ने कार्यक्रम छ । साथै डिसेम्बरको पहिलो हप्ताबाटै काठमाडौं उपत्यकाका जिल्लाहरुबाट लाइभ इन्रोलमेन्ट शुरु गर्ने कार्यक्रम छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट शुरु गरी लगत्तै काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुबाट शुरु गरिने छ । त्यस पछि अन्य जिल्ला प्रशासन कार्यालयहरुमा विस्तार गरिने छ । जिल्लाहरुबाट विद्युतीय राहदानीको लागि निवेदन संकलन गर्ने अर्थात लाइभइन्रोलमेन्ट गर्ने कार्यतालिका छिटै उपलब्ध गराइने छ । अत्यावश्यक भएको अवस्थामा मात्र मेशिन रिडेबल राहदानीको लागि निवेदन दिन अनुरोध गरिएको छ । केही हप्ता भित्र राहदानी जारी कार्यलाई निकै सहज र छिटो बनाइन राहदानी विभाग प्रतिवद्धता व्यक्त गर्न चाहन्छ । यो अन्तरिम समय हुनाले र एकैसाथ धेरै कार्यहरु सम्पन्न गर्नु पर्ने हुंदा समयको लागि सेवा लिन केही असहज हुन सक्छ । कृपया धैर्य गर्नुहुन सबै सेवाग्राहीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।

साझा गर्नुहोस्::